हास्यव्यङ्ग्यकार भैरव अर्यालको ८६औँ जन्मजयन्ती मनाइयो

लोकपथ
260
Shares

काठमाडौं । नेपाली हास्यव्यङ्ग्य साहित्यका विराट प्रतिभा भैरव अर्यालको ८६औँ जन्मजयन्ती उनको साहित्यिक योगदानमाथि स्मरण गरी मनाइयो । भैरव पुरस्कार गुठीद्वारा आज आयोजित कार्यक्रमका वक्ताले हास्यव्यङ्ग्य साहित्यका श्रीवृद्धिमा अर्यालको विशिष्ट योगदान रहेको र उनका रचना कालजयी भएको बताए ।

नेपाली साहित्यबाहेक पत्रकारिकताको क्षेत्रमा पनि उनको देन अमूल्य रहेको वक्ताको भनाइ थियो । कार्यक्रममा वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसे, वरिष्ठ साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’, साहित्यकारहरु बद्री अर्याल, गोपाल बराल, वसन्त रिजाल, सागरराज सुवेदी लगायतले अर्यालको जीवनका विविध पक्षमाथि प्रकाश पारेका थिए ।

सोही अवसरमा भैरव स्मृति भवनमा नब निर्मित सभाकक्ष तथा अत्याधुनिक पुस्तकालयको वाग्मती प्रदेशका सभासदस्य छिरिङदोर्जे लामाले शुभारम्भ गरेका थिए ।

विसं १९९३ असोज ५ गते ललितपुरको कुपण्डोलमा जन्मिएका अर्यालले ४० वर्षका उमेरमा २०३३ साल असोज १९ गते देहत्याग गरेका थिए । उनका ‘जयभुँडी’, ‘काउकुती’, ‘इतिश्री’, ‘दश अवतार’, ‘गलबन्दी’, ‘उपवन’ लगायतका कृति लोकप्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?