कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि भारतीय तस्कर समूहले गरे ढुङ्गामुढा, तीन जना प्रहरी जवान घाइते

लोकपथ
260
Shares

काठमाडौं । कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि भारतीय तस्करको समूहले ढुङ्गामुढा गरेको छ । आक्रमणमा सशस्त्र प्रहरीका तीन जवान घाइते भएका छन् ।

नेपाल–भारत सीमास्थित दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोजमा सोमबार साँझ भारतीय तस्करको समूहले ढुङ्गामुढा गरेका थिए ।

सशस्त्र प्रहरीले भारतीय तस्करको समूहका अर्जुन कुमारलाई पक्राउ गरेको छ ।

सामान नेपाल भित्र्याउने क्रममा सशस्त्र प्रहरी र तस्करको समूहबीच विवाद भएको हो । अहिले तस्करको समूहलाई भारतीय प्रहरीको जिम्मा लगाएका छौँ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख रामप्रसाद पाण्डेले लोकपथलाई जानकारी दिए ।

घाइते जवानहरुलाई सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?