एमालेको विरोधका बीच विनियोजन विधेयक राष्ट्रियसभामा टेबुल

लोकपथ
117
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोधकाबीच राष्ट्रियसभामा विनियोजन विधेयक, २०७८ टेबुल भएको छ ।

राष्ट्रियसभाको मंगलवारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का सांसदहरुको विरोधका बीच राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘विनियोजन विधेयक, २०७८’ राष्ट्रियसभा समक्ष टेबुल गरेका हुन् ।

राष्ट्रियसभा बैठकको प्रारम्भमा बोल्दै नेकपा(एमाले)का तर्फबाट राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले सरकारले लोकतन्त्र र पार्टीहरुलाई कमजोर बनाउनका लागि राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको र अध्यादेश लागु गराउनका लागि सभामुखको भूमिका हुनु गलत भएको बताए । उनले नेकपा(एमाले)ले कारबाही गरेका सांसदहरुको सूचना सभामुखले हालसम्म टाँस नगरेको भन्दै राष्ट्रियसभा बैठकको अवरोध जारी राख्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?