आजबाट सोह्र श्राद्ध सुरु, पशुपतिमा जे देखियो (तस्बिरमा हेर्नुहोस्)

काठमाडौं । मंगलबार (आज) बाट सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरु भएको छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म हरेक वर्ष सोह्र श्रद्धा गर्ने गरिन्छ ।

त्यहीअनुसार आज काठमाडौंको पशुपतिस्थित वाग्मती किनारमा पितृलाई तर्पण दिनेहरुको भीड लागेको छ । त्यसैगरी काठमाडौंको गोकर्णलगायतका ठाउँहरुमा पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरेका छन् ।

हरेक वर्षको आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्र श्राद्ध भनिएको बताइन्छ ।

आज पितृ पक्षको पहिलो दिन प्रतिपदा तिथिकाे श्राद्ध गरिने बताइएको छ। सोह्र श्राद्धमा सक्नेले सोह्रै तिथिमा श्राद्ध गर्ने गर्दछन् भने नसक्नेहरुले पञ्चमीदेखि औँशीसम्म श्राद्ध गर्ने गर्दछन् र त्यति पनि नसक्नेले पितृको तिथिअनुसार श्रद्धा गर्ने गर्दछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?