काठमाडौं । एएफसी महिला एसियन कप-२०२२ छनोटको दोस्रो खेलमा नेपालले आज मंगलबार हङकङसँग भिड्दै छ ।
दिउँसो ३:४५ बजे सुरु हुने नेपाल र हङकङविरुद्धको खेल उज्वेकिस्तानको जेएआर स्टेडियममा हुनेछ । नेपाली टिम हङकङविरुद्ध जित निकाल्ने योजनासहित मैदान उत्रदै छन्।
हङकङविरुद्धको खेलका लागि नेपालले सुरुवाती-११ को घोषणा गरेको छ ।
मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले रेनुका नगरकोटीको कप्तानीमा फिलिपिन्सविरुद्ध खेल्ने सुरुवाती-११ को घोषणा गरेका हुन् ।
नेपालको सुरुवाती-११
गोलकिपर – अन्जिला सुब्बा
डिफेन्डर – हिरा कुमारी भुजेल, अमृता जैशी, गीता राना, विमला बिक
मिडफिल्डर – रेनुका नगरकोटी,सरु लिम्बु,मन्जली कुमारी योन्जन
फरवार्ड – सबिता राना, विमला चौधरी, प्रिती राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया