नेप्सेमा मैलुङ खोलाको आईपीओ सूचीकृत, कति पायो ओपनिङ रेन्ज ?

लोकपथ
767
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) सूचीकृत भएको छ ।

नेप्सेका अनुसार कम्पनीको ३६ लाख ८१ हजार ४३० कित्ता सेयर सूचीकृत भएको हो । नेप्सेले कम्पनीलाई कारोबारको लागि एमकेजेसी (MKJC) सिम्बोल प्रदान गरेको छ ।

नेप्सेले कम्पनीको आईपीओलाई पहिलो कारोबारको लागि न्यूनतम ९५ रुपैयाँ ७५ पैसादेखि अधिकतम २८७ रुपैयाँ २५ पैसा ओपनिङ रेन्ज प्रदान गरेको छ । कम्पनीको आईपीओ भोलि (बुधबार) बाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।

कम्पनीले साउन १४ गतेबाट साउन १९ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँबराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको थियो ।

जसमध्ये २ प्रतिशत अर्थात् १४ हजार ७२६ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई र बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्ताका लागि सर्वसाधारणलाई छुट्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?