९ कार्तिक २०७८, मंगलवार

क्यानडाका प्रधानमन्त्री ट्रुडो तेस्रो पटक पनि निर्वाचित

२०७८,आश्विन,५,मंगलवार १३:१५

864
Shares

क्यानडा । क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडो तेस्रो पटक निर्वाचित भएका छन् । गत सोमबार भएको संसदीय निर्वाचनमा उनी निर्वाचित भएका हुन् ।

मतगणना जारी रहेकाले अहिले उनको पार्टी लिवरल पार्टीले अधिकांश ठाउँमा अग्रता कायमै राखेको छ । उनी र उनको पार्टीको जितसँगै उनी तेस्रो पटक प्रधानमन्त्री बन्ने देखिएको छ ।

निर्वाचनमा उनको दल र उनी फेरि विजयी हुने पुर्वानुमानअनुसार नै उनी विजयी भएको स्थानीय सञ्चार माध्यमहरुले लेखेका छन् । उनी यसअघि सन् २०१५ देखि देशको प्रधानमन्त्री हुँदै आएका थिए । त्यसपछि उनले पछिल्लो ६ वर्षमा अहिलेसम्म तीन पटक आम निर्वाचन जितेका हुन् ।

अहिले ४९ वर्ष भएका ट्रुडोले कुबेक शहरको पापीनोबाट सांसदमा निर्वाचित भएका राज्यद्धारा सञ्चालित प्रसारण संस्था सीबीसीले जनाएको छ । सीबीसी र सीटीभी दुवैले लिबरल दलको सरकार बन्ने अनुमान गरेका थिए ।

प्रधानमन्त्री ट्रुडोले पनि आफू निर्वाचित भएको जानकारी दिँदै निर्वाचन अधिकृतहरूको प्रशंसासहित उनीहरुलाई धन्यवाद दिएका छन् ।

अहिले मतगणना भइरहँदा १४१ ठाउँमा उनको पार्टीको अग्रता रहेको छ भने विपक्षी दल कन्जरभेटिभ ९९ ठाउँमा अगाडि देखिएको छ । क्यानडामा अहिले ३३८ सिटका लागि निर्वाचन भएको हो । बहुमतका लागि कम्तीमा १७० ठाउँमा जित हासिल गर्नुपर्दछ ।

प्रकाशित मिति: २०७८,आश्विन,५,मंगलवार १३:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अक्टोबरमा हालसम्म एक लाखभन्दा बढी पर्यटकहरुले माल्दिभ्सको भ्रमण गरेका छन् । राज्यको स्वामित्वमा रहेको पीएसएम न्यूजले त्यहाँको पर्यटन

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र ब्रिटिस प्रधानमन्त्री बोरिस जोन्सनबीच फोनवार्ता भएको छ । उनीहरुबीच सोमबार फोनवार्ता भएको रुसी

काठमाडौं । चीनमा ४० लाख जनसंख्या भएको एक शहरमा मंगलबार पुनः लकडाउन लागू गरिएको छ । गाँसू प्रान्तको राजधानी लानजू

काठमाडौं । जापानकी राजकुमारी माकोले सर्वसाधारण एक युवकसँग विवाह गरेकी छिन् । विवादका बीच उनले मंगलबार सामान्य प्रक्रिया अपनाएर बिवाह

ताजा समाचार

गोदावरी पुष्प प्रदर्शनी शुक्रवार
 २०७८,कार्तिक,९,मंगलवार २२:२४
मुलुक संकटतर्फ धकेलियो – प्रवक्ता महरा
 २०७८,कार्तिक,९,मंगलवार २२:१५
मुलुकको हितका लागि जसपाको उदय : नेता यादव
 २०७८,कार्तिक,९,मंगलवार २१:४६
पहिलो चरणमा ४८ कामदार दक्षिण कोरिया जाँदै
 २०७८,कार्तिक,९,मंगलवार २०:५७