प्रतिलिपि अधिकार ऐनविरुद्धको कसुरमा एक जना पक्राउ

लोकपथ
0
Shares

पर्सा । प्रतिलिपि अधिकार ऐनविरूद्धको कसुर गरेको अभियोगमा वीरगञ्ज महानगरपालिका-८ बस्ने अन्नपूर्ण मसला उद्योगका संचालक ३० वर्षीय रोहित साह कानुलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

उक्त मसला उद्योगमा बढी नाफा कमाउने उद्देश्य आफ्नो उद्योगको मसलाहरूमा चाटकर बीएमपी स्पाइसिज उद्योगको ट्रेडमार्क र डिजाइनर लेबल प्रतिलिपि टाँस गरी वीरगञ्ज महानगर तथा अन्य स्थानहरूमा बिक्रीवितरण गर्ने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट समेतबाट खटिएको प्रहरीले उक्त अन्नपूर्ण मसला उद्योगमा तलासी गर्दा चाटकर बीएमपी स्पाइसिज उद्योगको ट्रेडमार्क र डिजाईनर लेबलिङ गरेका मसला ६ सय ५४ पोका, कच्चा मसलाहरू १० बोरा, मसला पिस्ने मेसिन १ थान र चाटकर उद्योगको ट्रेडमार्क र डिजाइनर लेबलहरू बरामद गरी उनलाई पक्राउ गरेको हो ।

उनीउपर पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई प्रतिलिपि अधिकार ऐन, २०५९ अन्तर्गतको कसुरमा अनुसन्धान अगाडि बढाएको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?