१४ सांसदविरुद्धको रिटमा सुनुवाइ जारी, आउला त अन्तरिम आदेश ?

लोकपथ
338
Shares

काठमाडौं । नेकपा (एमाले) ले कारबाहीको सिफारिश गरेका १४ सांसदको पद खारेजीसम्बन्धी रिट निवेदनको सुनुवाइ भइरहेको छ।

मंगलबार (आज) न्यायाधीशद्वय दीपककुमार कार्की र डा. श्री कुमार चुडालको इजलासमा उक्त मुद्दा सुनुवाइ भइरहेको हो ।

यसअघि सोमबार पनि उक्त मुद्दामा पेसी तोकिएको थियो । सोमबारका लागि ‘हेर्दाहेर्दैमा ’ राखिएको उक्त रिटमा आज भने अन्तरिम आदेश हुने वा नहुने विषयमा निर्णय आउनेछ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले कारबाही सिफारिश गरेका १४ सांसद, सभामुख, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुखलाई विपक्षी बनाएर दायर गरेको रिटमाथिको सुनुवाइ हुन लागेको हो ।

यसअघि न्यायाधीश कार्की र मीरा खड्काको संयुक्त इजलासमा गत भदौ २८ गते पेशी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । त्यसअघि भदौ २२ गते प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले सो विवादमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा आज दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?