७ चैत्र २०७९, मंगलवार

राप्रपा आफ्नो एजेण्डामा पूर्ण प्रतिबद्ध छ ः अध्यक्ष थापा

२०७४,आश्विन,२३,सोमवार १२:४१

0
Shares

काठमाडौँ, २३ असोज ।  । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपा जस्तो सुकै अवस्थामा पनि आफ्नो नीति, विचार र सिद्धान्तप्रती प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको छ । नेपाललाई हिन्दुराष्ट्र कायम गराउन आगामी प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचन सँगै जनमत संग्रहको माग गर्दै पार्टीले आयोजना गरेको दवावमुलक सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले निर्वाचन मार्फत जनताको मन जितेर आफ्नो एजेन्डा स्थापित गर्न राप्रपा प्रतिबद्ध रहेको बताउनुभयो । मंसिरमा हुने निर्वाचन सँगसँगै हिन्दूराष्ट्र बारे जनमत संग्रह हुनुपर्दछ भन्ने पार्टीको स्पष्ट धारणा रहेको बताउँदै थापाले संकटमा परेको नेपालीको पहिचानलाई जोगाउनु सबै नेपालीको कर्तव्य रहेको बताउनुभयो । पार्टीको एजेण्डा स्थापनार्थ उच्च मनोबलका साथ निर्वाचनमा होमिन कार्यकर्ताहरुलाई अध्यक्ष थापाले निर्देशन दिनुभयो । मुलुकमा विखण्डनकारी समुहको विजारोपण भएको, विदेशी चलखेल तिब्र रुपमा बढेको तथा विदेशी धर्मलाई जबर्जस्ती स्थापित गने प्रपञ्च हुँदैगरेको वर्तमान अवस्थामा त्यसलाई निश्तेज पार्न राप्रपाका कार्यकर्ता तथा प्रत्येक स्वाभीमानी नेपालीले शिर ठाडो गरेर जनतामाझ जानुपर्नेमा उहाँले जोड दिनुभयो । काठमाडौंको बसन्तपुरमा आयोजीत कार्यक्रममा पार्टीका उपाध्यक्ष राजीव पराजुली, केन्द्रीय सदस्य मा. विक्रमबहादुर थापा, केन्द्रीय सदस्य निरञ्जन थापा, नेपाल सनातन धर्म संस्कृती संगठनका संयोजक पुष्पराज पुरुष, राप्रपा भक्तपुरका क्षेत्रीय अध्यक्ष श्यामप्रसाद नेपाल लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो । पार्टीका काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाको सभापतित्वमा सम्पन्न सो आमसभामा ‘तारकेश्वर खैंजडी भजन समिति’ले भजनमार्फत हिन्दुराष्ट्रको माग गरेको थियो ।

प्रकाशित मिति: २०७४,आश्विन,२३,सोमवार १२:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस गर्नेगरी धेरै काम गर्न बाँकी रहेको बताएका

काठमाडौं । आइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा कर्णालीका २४ क्याम्पसको नतिजा सार्वजनिक भएको छ । हालसम्मको सार्वजनिक नतिजाअनुसार

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जातिभेद, रङगभेद तथा छुवाछूतको अमानवीय प्रथालाई समाजिकरुपमा अन्त्य गर्नका लागि सबैले

काठमाडौं । महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा यही चैत २१ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु(को निर्वाचन हुने भएको छ ।

ताजा समाचार

पटारमा ‘एक घर, एक धारा’
 २०७९,चैत्र,७,मंगलवार १२:३८