सेयर बजार अपडेट : उतारचढावका बीच २९.१९ अंकले बढ्यो नेप्से

लोकपथ
182
Shares

काठमाडौं । कारोबार खुलेको करिब २ घण्टाको अवधिमा सेयर बजारमा व्यापक उतारचढाव देखिएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार १२:१५ मिनेट जाँदासम्म सेयर कारोबार मापक नेप्से परिसूचक २९.१९ अंकले बढेर २७२७.४३ बिन्दुमा पुगेको छ ।

यो अवधिमा ४ अर्ब ४४ करोड ३२ लाख ७६ हजार २८२ रुपैयाँको कारोबार भएको छ । कूल १३ वटा उपसमूहमध्ये २ वटा उपसमूहको मात्र सेयरमूल्य घटेको छ भने बाँकी ११ वटा कम्पनीको सेयरमूल्य बढेको छ ।

बजार खुलेको केहि समयमा नै भारी अंकले घटेको बजारले हालसम्म उतारचढावका बीच गति लिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?