९ कार्तिक २०७८, मंगलवार

‘कोप २६’ विश्वका लागि महत्वपूर्ण हुने बेलायती प्रधानमन्त्रीको भनाइ

२०७८,आश्विन,५,मंगलवार १२:५०

135
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन ‘कोप २६’ विश्वका लागि नै महत्वपूर्ण हुने जानकारी बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले दिएका छन् ।

उनले विश्वमा अहिले जलवायु परिवर्तनको पनि ठूलो समस्या रहेको र विश्व नै यो समस्याबाट आक्रान्त भइरहेको भन्दै उक्त सम्मेलन यस क्षेत्रको समस्यालाई कम गर्ने विषयमा महत्वपूर्ण रहने धारणा राखेका हुन् । संयुक्त राष्ट्रसंघीय मुख्यालय न्युयोर्कमा सम्वाददाताहरुसँगको कुराकानीका क्रममा उनले सो जानकारी दिएका हुन् ।

त्यस क्रममा उनले भने, ‘मलाई लाग्छ यो सम्मेलनमा हामी सबैलाई र विश्वका लागि पनि एक महत्वपूर्ण मञ्च हुनेछ, जहाँ हामीहरुले आफ्ना जिम्मेवारीका बारेमा पनि हामीले एक आपसमा कुरा गर्नेछौँ र हामीले यस विषयमा आवश्यक छलफल र परामर्श पनि गर्न सक्नेछौँ ।’

यस सम्मेलनका अवसरमा विश्वका धनी देशहरुले जलवायु परिवर्तनको असरका बारेमा आफूहरुले गर्नुपर्ने कामहरुको प्रतिबद्धता पूरा गर्ने विषयमा कुराकानी गर्नुपर्ने र यसका साथमा गरिब तथा विश्वमा जलवायु परिवर्तनबाट प्रभावित देश र जनताको लागि पनि सहयोग गर्नुपर्ने प्रतिबद्धताको बारेमा पनि स्मरण गर्नुपर्ने उनले बताए ।

प्रकाशित मिति: २०७८,आश्विन,५,मंगलवार १२:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अक्टोबरमा हालसम्म एक लाखभन्दा बढी पर्यटकहरुले माल्दिभ्सको भ्रमण गरेका छन् । राज्यको स्वामित्वमा रहेको पीएसएम न्यूजले त्यहाँको पर्यटन

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र ब्रिटिस प्रधानमन्त्री बोरिस जोन्सनबीच फोनवार्ता भएको छ । उनीहरुबीच सोमबार फोनवार्ता भएको रुसी

काठमाडौं । चीनमा ४० लाख जनसंख्या भएको एक शहरमा मंगलबार पुनः लकडाउन लागू गरिएको छ । गाँसू प्रान्तको राजधानी लानजू

काठमाडौं । जापानकी राजकुमारी माकोले सर्वसाधारण एक युवकसँग विवाह गरेकी छिन् । विवादका बीच उनले मंगलबार सामान्य प्रक्रिया अपनाएर बिवाह

ताजा समाचार

गोदावरी पुष्प प्रदर्शनी शुक्रवार
 २०७८,कार्तिक,९,मंगलवार २२:२४
मुलुक संकटतर्फ धकेलियो – प्रवक्ता महरा
 २०७८,कार्तिक,९,मंगलवार २२:१५
मुलुकको हितका लागि जसपाको उदय : नेता यादव
 २०७८,कार्तिक,९,मंगलवार २१:४६
पहिलो चरणमा ४८ कामदार दक्षिण कोरिया जाँदै
 २०७८,कार्तिक,९,मंगलवार २०:५७