कुलमान घिसिङको नियुक्तिविरुद्धको रिट प्रधान न्यायाधीशको इजलासमा

लोकपथ
195
Shares

काठमाडौं । कुलमान घिसिङको नियुक्तिविरुद्ध दायर भएको रिट प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासमा परेको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट प्रधान न्यायाधीश शम्शेरले आफ्नै इजलासमा राखेका हुन् ।

यो रिट जवराको एक नम्बर इजलासमा परेको छ । निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नियुक्ति बदरको माग गर्दै ३२ साउनमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?