ओलीको मुद्दामा पेसी तोकियो, आजै फैसला आउनसक्ने

लोकपथ
2k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख र निर्वाचन आयोगविरुद्ध दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ ।

सोमबारका लागि सुनुवाइ तोकिए पनि ‘हेर्दाहेर्दैमा’ राखिएको थियो ।
मंगलबार न्यायाधीशद्वय दीपकुमार कार्की र कुमार चुडालको इजलासमा उक्त मुद्दाको पेसी तोकिएको सर्वोच्चले जनाएको छ ।

एमालेले कारबाही गरेका १४ सांसदहरुलाई सभामुख अग्निप्रसाद सापकोटाले कारबाही नगरेको भन्दै ओलीले सभामुखविरुद्ध रिट दायर गरेका थिए । भने कारबाहीमा परेका सांसदहरुलाई सनाखत गरेको भन्दै ओलीले निर्वाचन आयोगविरुद्ध समेत रिट दायर गरेका थिए । यसअघि पनि पटकपटक पेसी तोकिए पनि ‘हेर्दाहेर्दैमा’ राखिँदै आएको थियो ।

आज उक्त मुद्दा कार्की र चुडालको इजलासको पहिलो नम्बरमा राखिएको छ । सांसदहरुमाथि गरिएको कारबाहीलाई सदरको माग गर्दै दायर गरिएको उक्त रिटमा अन्तरिम आदेश माग गरिएको छ ।

सभामुखले सांसदहरुलाई कारबाही नगरी विभेद गरेको भन्दै एमालेले निरन्तर संसद अवरोध गरिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?