एसियन कप छनोट : नेपाल र हङकङ भिड्दै

लोकपथ
1.1k
Shares

काठमाडौं । एएफसी महिला एसियन कप-२०२२ छनोटको दोस्रो खेलमा नेपालले आज मंगलबार हङकङसँग भिड्दै छ ।

दिउँसो ३:४५ बजे सुरु हुने नेपाल र हङकङविरुद्धको खेल उज्वेकिस्तानको जेएआर स्टेडियममा हुनेछ । नेपाली टिम हङकङविरुद्ध जित निकाल्ने योजनासहित मैदान उत्रदै छन्।

समूह एफ मा रहेको नेपालले पहिलो खेलमा फिलिपिन्सविरुद्ध खेलेको थियो। फिलिपिन्ससँग २-१ गोल अन्तरले पराजित भएपछि नेपालले एसियन कपमा छनोट हुन आज हङकङविरुद्ध जित हात पार्नुपर्ने छ । नेपाललाई जितले मात्र पुग्दैन। फिलिपिन्स र हङकङबीचको खेलमा समेत भर पर्नु पर्नेछ।

यस समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ। एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।

नेपालले यस अघि हङकङविरुद्ध दुई खेल खेलेको थियो। दुबै खेलमा नेपालले हार व्यहोरेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?