भ्रष्टाचार र ब्रह्मलुटलाई सरकारले वैधानिकता प्रदान गर्‍यो : कमल थापा

लोकपथ
169
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले भ्रष्टाचार र ब्रह्मलुटलाई सरकारले वैधानिकता प्रदान गरेको आराोप लगाएका छन्।

सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष थापाले पूर्वाधारमा लगानी गर्दा आयस्रोत नखोजिने व्यवस्था गरेर सरकारले भ्रष्टाचार र ब्रह्मलुटलाई वैधानिकता प्रदान गरेको भन्दै अकुत कालोधनलाई चोख्याउने सरकारको निर्णयको विरोध गरेका छन्।

‘पूर्वाधारमा लगानी गर्दा आयस्रोत नखोजिने व्यवस्था गरेर वर्तमान अपवित्र गठबन्धन सरकारले भ्रष्टाचार र ब्रम्हलुटलाई संस्थागत र वैधानिकता प्रदान गरेको छ,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘भ्रष्टाचार गरेर आर्जन गरिएको अकुत कालो धनलाई चोख्याउने सरकारको यस निर्णयको विरोध र भर्त्सना गर्दछु। यो निर्णय तत्काल फिर्ता गरियोस्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?