नियमित व्यायाम गर्नुहुन्छ र ‘उमालेको अण्डा डाइट’लाई अपनाउनुभएको छ ? यसको केही नराम्रा साइडइफेक्ट पनि छन्

अधिकांशमा एउटा भ्रम देख्छु म, कि तौल कम गर्नका लागि उमालेको अण्डा शरीरको तौल कम गर्न उपयोगी डाइट हो । तर के वास्तवमैं ‘उमालेको अण्डा डाइट’ विधि स्वास्थ्यका हिसाबले राम्रो हो त? यो थाहा पाउन आवश्यक छ ।

हो, स्वस्थ शरीरका लागि प्रोटिन (Protein) अत्यावश्यक छ । त्यसमाथी उमालेको अण्डालाई प्रोटिनको राम्रो स्रोत पनि मानिन्छ । मान्सपेशिहरुको शक्तिमा सुधारदेखि लिएर सम्पूर्ण शारीरिक विकासमा प्रोटिनको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।

यस कारण अण्डालाई प्रोटिनको राजा पनि भन्ने गरिन्छ । मानिसहरु शरीरको बढ्दो तौलमाथि नियन्त्रण गर्न अथवा कम गर्नका लागि उमालेको अण्डा उपयोगि मान्ने गर्दछन् । र आजभोली व्यायाम गर्नेहरुमा ‘उमालेको अण्डा डाइट’ भन्ने डाइटिङ लोकप्रिय छ ।

यदि तपाईंहरु मध्ये जो नियमित शारिरिक व्यायाम गर्नुहुन्छ अथवा जीम जानुहुन्छ; यसको अर्थ तपाईं फिटनेसप्रति गम्भिर हुनुहुन्छ । यसो हो भने तपाईंलाई उमालेको अण्डाको फाइदाहरु बारे जानकारी हुनसक्छ र ‘उमालेको अण्डा डाइट’को बारेमा पनि पक्कै थाहा हुनुपर्छ । थाहा छैन भने आजको सामाग्री तपाईंका लागि उपयोगी हुनसक्छ ।

तर के तपाईंलाई थाहा छ यसको केही साइड इफेक्ट पनि छन्? विशेषज्ञहरुका अनुसार, फिटनेशप्रेमीहरुबिच लोकप्रिय यस डाइटबाट तत्कालै स्वास्थमा कुनै ठूलो परिवर्तन गर्दैन । उमालेको अण्डा एउटा स्वस्थ आहार त हो, तर पनि यो सन्तुलित आहार भने होइन । अबको क्रममा म केही जानकारी दिन्छु, साथै यसमा विशेषज्ञहरुको धारणा तथा ति धारणाहरुसँग सम्बन्धित स्रोत सामाग्रीहरु पनि प्रस्तुत गर्नेछु ।

​शरीरको तौल कम गर्न डाइटिङका लागि नियमित आहारको रुपमा ‘उमालेको अण्डा डाइट’ विधि राम्रो विकल्प होईनः

हालसालै ‘उमन्स हेल्थ’मा जारी रिपोर्टका अनुसार, उमालेको अण्डा, लीन प्रोटिन, स्टार्चरहित तरकारीहरु(Non Starch – रसायिक प्रक्रियाद्वारा चिनीको अणु मिसिएको) तरभूजा, जामुन, अङ्गूर जस्ता फल तथा न्यून वोसोयुक्त खाद्यपदार्थ केही यस्तो खानेकुराहरु हुन जसको उपभोग त्यसबेला गर्नुपर्छ जतिबेला तपाईंले Boiled EGG Diet (उमालेको अण्डा डाइट)को पालना गर्दै हुनुहुन्छ । न्यूयोर्कमा कार्यरत ब्यवसायिक पोषण विज्ञ (Diet Nutrition Expert) एरिन पोलिस्कीका अनुसार, उमालेको अण्डा डाइटको पालना गर्नेहरुले खाजामा कुनै फलफुलसँगै दुइवटा उमालेको अण्डा, बिहानको खाना तथा रातीको खानामा एउटा अण्डा या एउटा लीन प्रोटिनका साथै Non Starch युक्त तरकारीको सेवन गर्ने गर्दछन् ।

वास्तवमा कार्बोहाइड्रेटको सेवन जति कम गर्नुहुन्छ त्यती तपाईंको शरीरको तौल कम गर्न सहयोग गर्नेछ । तर उमालेको अण्डाको सल्लाह त्यों पनि तौल कम गर्ने सही उपाय होईन । पोलिस्कीका अनुसार उमालेको अण्डा तपाईंको डाइटमा प्रारम्भिक चरणमा केही हदसम्म तौल कम गर्नसक्छ किनकी त्यसबखत तपाईंले अन्य खानेकुराहरुलाई कम गरिरहनुभएको हुन्छ तर यसको अर्थ यो होईन की अण्डाले तपाईंको शरीरको तौल कम गरिरहेको छ र यसले तपाईंको शरीरको तौल घटाउन उत्कृष्ट नतिजा दिनेछ । मुख्य कुरा कार्बोहाइड्रेटको सेवन कम गर्दैजानु हो ।

वास्तवमा तौल ब्यवस्थापनको आहार सम्बन्धी सावधानीमा सम्पूर्ण प्रोसेस्ड खानेकुराहरु तथा केही तरकारीजन्यकुराहरु जस्तैः आलू, मकै, केराउ तथा फर्सीको उपभोग न्यून अत्यावश्यक छ । साथै फलफुलहरु जस्तैः केरा, भूँईकटहर, आँप, ड्राई मेवा तथा गुलियो पेयपदार्थहरुको सेवनमा मात्र नियन्त्रण गरे तपाईंको बढ्दो तौलमा नियन्त्रण गर्न सहयोगी हुन्छ । गेंडागुडी (Whole grains) तथा गहुँ तथा जौबाट बनेका खानेकुराहरुको नियमित उपभोगले तौल पनि घटाउछ भने हृदयसँग सम्बन्धीत स्वास्थ्य समस्यालाई न्यूनिकरण गर्न सहयोगी हुन्छ ।

दैनिक अण्डाको सेवनले हुनसक्छ हृदयरोगको खतरा!
‘उमालेको अण्डा डाइट’मा दुईवटा उमालेको अण्डा खाने सल्लाह दिइन्छ । तर के यसलाई दिनभरी खानु ठीक हो त? स्वास्थ्यको हिसाबमा भन्ने हो भने सबैका लागि अण्डा डाइट एकदमै सही होइन । यो सम्झिनु आवश्यक छ कि स्वास्थ्यवर्द्धक पोषकतत्वहरुका साथ-साथै अण्डामा कोलेस्ट्रोल तथा स्याचुरेटेड फ्याट पनि रहेको हुन्छ, जसले हाम्रो स्वस्थ्य कलेजो तथा ह्रदयलाई हानी पुर्र्याउँछ ।

सन् २०१० मा केनेडियल जर्नल अफ कार्डियोलोजीमा प्रकाशित भएको रिपोर्टका अनुसार, ति व्यक्तिहरु जसले दैनिक अण्डा खाने गरेका छन्, उनीहरुमा हृदय रोगको खतरा लगभग २० प्रतिशत बढी रहेको हुन्छ । तर यदि तपाईं हप्तामा दुई देखि तीन पटक दैनिक दुई वटा अण्डा खाने गर्नुभएको छ भने, तनाव न लिनुहोस् । यत्तिसम्म अण्डा खाएमा तपाईंलाई हानी गर्दैन।

उमालेको अण्डा सेवनको साइड इफेक्ट के हो?
यो आहार न्यून क्यालोरी भएको खानेकुरा हो । यसमा गहुँ, जौ, चामल, दाल तथा अन्य बिउँजन्य कैंयन फाइबर भएका खानेकुरा जस्तो वृहत्त स्वस्थ्यवर्द्धक गुण हुँदैन । मेयो क्लिनिकका अनुसार, ५० वर्ष या त्यसभन्दा बढी उमेर भएका पुरूषहरुले खानेकुराहरुबाट कम्तीमा ३८ ग्राम फाइबर तथा महिलाहरुले कम्तीमा २५ ग्राम फाइबर उपभोग गर्नुपर्दछ । यदि तपाईंले यो भन्दा कम मात्रामा फाइबरको सेवन गर्दैहुनुहुन्छ भने, तपाईंलाई कब्जियत (दिसा सारो हुने अथवा सारो दिसाको समस्या) जस्तो समस्या उत्पन्न हुनसक्छ । कब्जियतको खतरा त्यसबखत बढ्न जान्छ, यदि तपाईंले नियमित रुपमा उमालेको अण्डा खाने गर्नुभएको छ । किनकी अण्डामा फाइबरको मात्रा छैन बराबरको मात्रामा मात्र रहेको हुन्छ । फाईबरले पेट सफा राख्न तथा पाचन प्रक्रियालाई नियन्त्रित राख्न मद्दत गर्दछ ।

के ‘उमालेको अण्डा डाइट’ विधि शारिरिक तौल कम गर्न सुरक्षित छ?
यदि तपाईंले केही समयका लागि ‘उमालेको अण्डा डाइट’ लाई अपनाउनुभएको छ भने स्वास्थ्यका हिसाबले कुनै खतरा मानिदैन । तपाईंले आफ्नो शरीरको तौल चाँडो भन्दा चाँडो घटाउन चाहनुहुन्छ भने प्रारम्भिक चरणका लागि यो डाइटलाई राम्रै मान्न सकिन्छ, तर नियमित दैनिकीमा यसलाई नै अनुशरण गरेमा तपाईंको स्वास्थ्यलाई कैंयन किसिमबाट हानी पुर्र्याउने कारण पनि बन्न सक्छ ।

‘उमालेको अण्डा डाइट’ एक किसिमको भ्रामक डाइट हो, अण्डाको भरमा अन्य पोषकयुक्त खानेकुराहरु नखाँदा उमालेको अण्डा सेवनले पेट त भर्छ तर स्वस्थ शरीरलाई आवश्यक अन्य कुराहरु शरीरलाई प्रदान गर्नसक्दैन । डाइटिङको यस विधिमा आफ्नो शरीरको तौल घटाउनका लागि मानिसहरु केवल अण्डा, केही फलफुल तथा नन-स्टार्चयुक्त तरकारीहरु खाने गर्दछन् । तर लामो समयसम्म यसलाई नियमित आहारमा राख्नु स्वास्थ्यका हिसाबले खतरातूल्य छ । गर्भवती तथा स्तनपान गराउने महिलाहरुले बिर्सेर पनि यो डाइटलाई अनुशरण नगर्नुहोस् । यस किसिमको डाइटले एउटा समयावधी पछि धेरै खाना खाने तथा अनावश्यक नैराश्यता ल्याउने जस्ता स्वास्थ्य समस्याहरु निम्त्याउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?