३१ आश्विन २०७८, आईतवार

विद्युतीय प्रणाली सुधारका लागि एडीबीले ६० करोड रुपैयाँ ऋण दिने

२०७८,आश्विन,४,सोमवार २१:३९


काठमाडौं । विद्युतीय प्रणालीको आधुनिकीकरण, वितरण प्रणालीको सुधार एवं क्षमता वृद्धिका लागि एशियाली विकास बैंक (एडीबी) ले नेपाललाई करिब ६० करोड रुपैयाँ बराबरको ऋण सहयोग उपलब्ध गराउने भएको छ ।

निर्माणका क्रममा रहेका परियोजनाको स्वीकृति गत नोभेम्बरमा भएको थियो । त्यसमा स्वचालित ३४ वटा ग्रीड सवस्टेशनका साथै काठमाडौँ उपत्यकामा स्मार्ट मिटरको जडान, १४४ किलोमिटर प्रसारण लाइन निर्माण र ११३ किलोमिटर प्रसारण लाइनको स्तरोन्नति रहेका छन् । यस्तै विद्युत् वितरण प्रणालीको स्वसञ्चालनका लागि नियन्त्रण कक्ष निर्माण हुनेछ ।

सन् २०२६ सम्म नेपालीको विद्युत् खपत क्षमता ७०० किलोवाट घण्टा पु¥याउने लक्ष्यका साथ एडीबीले नेपालको वितरण प्रणालीको क्षमता वृद्धि, सुधार तथा आधुनिकीकरणलाई जोड दिएको बैंकका ऊर्जा विशेषज्ञ जीवन आचार्यले जानकारी दिए ।

बैंकले आज मनिलाबाट जारी गरेको विज्ञप्तिअनुसार पछिल्लो ऋण सहयोगबाट नेपालगञ्ज कोहलपुर १३२ केभी क्षमताको प्रसारण लाइन, चोभार लगनखेल प्रसारण लाइन र दुम्कीबास, लगनखेल, मूलपानी र नेपालगञ्ज सवस्टेशनको क्षमता वृद्धिमा खर्च हुनेछ ।

प्रकाशित मिति: २०७८,आश्विन,४,सोमवार २१:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पछिल्लो समय ह्वाट्सएपमार्फत ठगी गर्ने गिरोह सक्रिय देखिएको छ । केही समययता विभिन्न व्यक्तिहरूलाई ह्वाट्सएपमार्फत फोन गर्दै तपाईँलाई यति

काठमाडौं ।  पछिल्लो समय रेमिट्यान्स (विप्रेषण)मा आएको गिरावटसँगै नेपाल राष्ट्र बैंकले विषेश चासो राखेको छ । पछिल्लो समय रेमिट्यान्स आप्रवाहको

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ नोट संरक्षणका लागि विभिन्न पहलहरू गर्दै आएको छ । राष्ट्र बैंकले नोट संरक्ष्णका लागि

काठमाडौं। दोलखाका लामीडाँडाका प्रेमप्रसाद खतिवडा विगत ६-७ वर्षयता काठमाडौंको न्यूरोड आसपासमा भारी बोक्ने काम गर्छन् । उनले विगतका वर्षहरूमा प्रशस्तै

ताजा समाचार

दशैँको समयमा चार सडकआश्रितको उद्धार
 २०७८,आश्विन,३१,आईतवार १९:५०