हेर्नुहोस् आजको टप १५ हेडलाइन्स्(भिडियोसहित)

लोकपथ
130
Shares

१. नेपालमा पछिल्लो २४ घण्टामा गरिएको १३ हजार ८ सय १७ परीक्षणमा थप १ हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि, २ हजार ९ सय ५७ जना कोरोना संक्रमणमुक्त, ८ जनाको मृत्यु

२. सरकार बनेको २ महिना बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री देउवाको एउटै उत्तर, भन्छन्, छिटै पूर्णता पाउँछ

३. एमाले सांसदहरुको अवरोधका बीच विनियोजन विधेयक २०७८ बहुमतले पारित, अर्को बैठक असोज ७ गते बस्ने गरी स्थगित

४. नेकपा एमालेका अध्यक्ष ओलीले १४ सांसदबारे दायर गरेको रिटको आज पनि भएन सुनवाइ, मुद्दा हेर्दाहेर्दैमा, मंगलबार सुनुवाइ हुने

५. पार्टी विस्तारै एमालेकरण हुँदै गएको भन्दै प्रचण्डद्वारा चिन्ता व्यक्त, समाजको विकास र न्यायको निम्ति पनि पार्टीलाई रुपान्तरण गर्नुपर्नेमा जोड

६. प्रतिपक्षी दलसँग वार्ता र संवाद गरी राष्ट्रिय एकता कायम गर्ने अर्थमन्त्री शर्माको प्रतिबद्धता, बजेट लामो समयसम्म रोकिराखे सबै कुरा ठप्प हुने भएकाले प्रतिपक्षलाई मिलाएर लानु नै विकल्प भएको भनाइ

७. एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीलाई बुझाए संगठनात्मक प्रतिवेदन, पार्टी सदस्यता लिने संख्या ६ लाख हाराहारी

८. संखुवासभा सामूहिक हत्या प्रकरणमा संलग्न थप ४ जना अभियुक्त पक्राउ, घटना योजनाबद्ध र लुटपाटको समेत योजना बनाई गरिएको प्रहरीको खुलासा

९. बुटवलमा पहिरो अवलोकन गर्न गएका मेयरमाथि स्थानीय गणेश पंगेनीले गरे मुक्का प्रहार, आफूहरु विस्थापित हुँदा मेयरले खोज खबर नगरेको भन्दै आक्रोश व्यक्त

१०. रोकिएन सेयर बजारको गिरावट, १ सय १४ दशमलव शून्य २ अंकले घट्यो नेप्से, ८ अर्ब ४९ करोडको कारोबार

११. आजदेखि दशैँका लागि नयाँ नोट सटही सुरु, प्रतिव्यक्ति १८ हजार ५०० सयका दरले देशैभरका बैंक तथा वित्तीय संस्थाबाट सटही गर्न सकिने

१२. चीन र अमेरिकाले सम्बन्ध सुधार नगरे शीतयुद्ध हुने राष्ट्र संघको चेतावनी, चीन र अमेरिकाबीचको तनाव अन्य देशमा फैलनुपूर्व रोक्नुपर्नेमा जोड

१३. रुसको एक विश्वविद्यालय परिसरमा एक विद्यार्थीले चलाए अन्धाधुन्ध गोली, आठ जनाको मृत्यु, ६ जना घाइते

१४. नेपाल तेक्वान्दो महासंघको उपाध्यक्षमा अर्जुन क्षेत्री लम्साल र बोर्ड सदस्यमा गोमा थापा मगरलाई मनोनित, तेक्वान्दोको गतिविधि तीव्र हुने अपेक्षा

१५. इन्डियन प्रिमियर लिग आईपीएलको ३१औं खेलमा आज बैङलोर र कोलकाता नाइट राइडर्स भिड्दै, आफ्नो २००औं खेल खेल्दै आईपीएलमा नयाँ इतिहास रच्दै विराट कोहली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?