काठमाडौंमा रोहिंग्या भित्र्याउने तीन विदेशी नागरिक पक्राउ

लोकपथ
553
Shares

काठमाडौं । म्यानमारका रोहिंग्या शरणार्थीलाई नेपाल ल्याउने कार्यमा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

म्यानमारका शरणार्थीहरुलाई काठमाडौं भित्र्याउने कार्यमा संलग्न रहेको आरोपमा २ म्यानमार र १ बंगलादेशी नागरिकलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार पक्राउ पर्नेमा म्यानमारका नागरिक नोरुल अमिन, शोफिक आलम र बंगलादेशी नागरिक अजमत उल्ला रहेका छन् ।

उनीहरुले ती शरणार्थीहरुलाई नेपालबाट अमेरिका जान मिल्ने र तत्काल पठाइने, मासिक भत्ता राम्रो पाइनेलगायतका प्रलोभन दिएर काठमाडौं भित्र्याउने गरेको अनुसन्धानबाट ब्युरोका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए ।

केही दिनअघि प्रहरीले अवैधरुपमा नेपाल आएर बौद्ध पुगेका १४ रोहिंग्यालाई बौद्धबाट पक्राउ गरेर अध्यागमनलाई बुझाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?