बिहान खाली पेटमा पानी पिउनुहोस्, यस्ता छन् फाइदै फाइदा

लोकपथ
1.2k
Shares

काठमाडौं । तपाई कत्तिको पानी पिउनुहुन्छ ? पानी मानव शरीरका लागि अत्यन्तै महत्वपूर्ण छ । पानी बिनाको जीवन कल्पना समेत गर्न सकिन्न । मानव शरीरमा करिब ७० प्रतिशत पानी हुने गर्छ ।

शरीरलाई स्वस्थ र तन्दुरुस्त बनाइराख्न पानीको पनि अहम भूमिका रहन्छ । त्यसैले समय समयमा पानी पिउनुपर्छ । कतिपय व्यक्तिहरु बिहान पानी खान डराउँछन् । बिहान पानी खाँदा असहज महसुस गर्छन् । बिहान पानी खाँदा सुरुमा वाकवाकी लाग्ने, असहज भए जस्तो महसुस भएजस्तो पनि हुने गर्छ । तर बिहान दिनहुँ पानी पिउने हो भने यो समस्या आफैँ हाल भएर जान्छ ।

बिहान उठ्नेबित्तिकै खाली पेटमा पानी पिउँदा स्वास्थ्यलाई भरपुर फाइदा मिल्छ । त्यसैले बिहान उठ्नेबित्तिकै मनतातो पानी पिउने गर्नुपर्छ ।

बिहान खाली पानी पिउँदा केके फाइदा हुन्छ ? यसबारे हामी जानकारी दिँदैछौँ ।

-मोटोपनाको समस्या हटेर जान्छ ।

-कब्जियतको समस्यालाई दूर बनाउँछ ।

-खाना रुचाउँछ ।

-पाचन प्रणालीमा सघाउ पुर्याउँछ ।

-छालालाई सफा बनाउँछ ।

-मांशपेशीलाई तन्दुरुस्त बनाउन यसले सहयोग गर्दछ ।

-एसिडिटीको समस्या कम हुन्छ ।

-टाउको दुख्नबाट बचाउँछ ।

-रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ ।

-बिहानै उठेर पानी पिउँदा शरीरको रगत समेत सफा हुन्छ ।

दिनमा कति पानी पिउने ?

सामान्य व्यक्तिले (पुरूष या महिला ) दिनमा दुई देखि तीन लिटर पानी पिउनुपर्ने हुन्छ। तर यो एकै चोटी पिउनु हुँदैन। यसको लागि यही समय भन्ने पनि छैन। अथवा सबैले यही नै खानुपर्छ भन्ने पनि छैन । तर पिसाब पहेँलो हुनुहुँदैन। पिसाब पोल्ने, गन्हाउने, कलर बदलिने भएमा पानी नपुगेको संकेत पनि हुनसक्छ । तिर्खा लागिहाल्यो भने एकछिनपछि भनेर बस्नुभएन ।

दिनमा यति पानी पिउने भनेर कुनै नियम नभएको कारण तपाईले आफ्नो शरीरको आवश्यकताअनुसार पानी पिउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?