नकारात्मक टिप्पणी गर्नेलाई कारबाही नगर्न सर्वोच्चको आदेश

लोकपथ
182
Shares

काठमाडौं । सर्वोच्च अदालतले नकारात्मक टिप्पणी गरेको वा अभिव्यक्ति दिएकै आधारमा कसैलाई कारबाही नगर्न गृह मन्त्रालयलाई आदेश दिएको छ ।

नेपालको संविधानले प्रत्येक नेपाली नागरिकलाई विचार र अभिव्यक्ति स्वतन्त्रता प्रदान गरेको बताउँदै त्यसअन्तर्गत सकारात्मक, नकारात्मक र समीक्षात्मक टिप्पणी गर्ने कसैलाई पनि कारबाही नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।

अदालतले भदौ १८ गते जारी गरेको विज्ञप्तिको आधारमा कसैलाई कारबाही नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ को उपनियम (२) अनुसार न्यायाधीशद्वय मीरा खड्का र तेजबहादुर केसीको संयुक्त इजलासले आदेश जारी गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?