सभामुख र निर्वाचन आयोगविरुद्ध परेको रिटको सुनुवाइ आज पनि ‘हेर्दा हेर्दैमा’

लोकपथ
195
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख र निर्वाचन आयोगविरुद्ध दायर गरेको रिटको सुनुवाई ‘हेर्दा हेर्दैमा’ राखिएको छ ।

सोमबार (आज) का लागि सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपककुमार कार्की र डा. कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ तोकिएको थियो । तर आजको लागि उक्त मुद्दा ‘हेर्दा हेर्दैमा’ राखिएको सर्वोच्च अदालतले जनाएको छ ।

एमाले अध्यक्ष ओलीले १४ सांसदहरुको कारबाहीलाई सभामुख अग्निप्रसाद सापकोटाले सदर नगरेको भन्दै सभामुखविरुद्ध रिट दायर गरेको थिए । भने निर्वाचन आयोगले कारबाहीमा परेका सांसदहरुको सनाखत गरेको भन्दै आयोगविरुद्ध समेत रिट दायर भएको थियो ।

यसअघि पनि भदौ २९ गतेका लागि पेसी तोकिए पनि मुद्दा ‘हेर्दा हेर्दैमा’ राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?