नेपालमा कोरोना : कोरोना संक्रमितभन्दा निको हुनेको संख्या तेब्बर (विवरणसहित)

लोकपथ
637
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर एक हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार ८१७ जनाको पीसीआर र एन्टिजेन परीक्षणमा एक हजार ९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ७८६ जनाको पीसीअसार परीक्षण गर्दा ९७५ र तीन हजार ३१ जनाको एन्टिजेन परीक्षण गर्दा १२० जनामा संक्रमण पुष्टि भएको हो।

आज देशभर दुई हजार ९५७ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको छ। देशभर २२ हजार ३२३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?