एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक क्वालिटी पार्टी प्यालेसमा बस्ने तय

लोकपथ
351
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय समिति बैठक काठमाडौंको बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा बस्ने तय भएको छ ।

सो पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकमा समसामयिक राजनीतिक अवस्थाका साथै पार्टीको अबको रणनीतिसहित विविध विषयमा छलफल गर्नेछ ।

माधवकुमार नेपाल नेतृत्वको उक्त पार्टीलाई निर्वाचन आयोगले गत भदौ ९ गते मान्यता दिएको थियो ।

त्यसपछि सो पार्टीको पहिलो केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?