प्रधानमन्त्री देउवाको उही उत्तर : ‘मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ’

लोकपथ
156
Shares

काठमाडौं । मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको आलोचना खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने विश्वास व्यक्त गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् ।

मन्त्रिपरिषद्ले कहिले पूर्णता पाउँछ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा संक्षिप्त उत्तर दिँदै प्रधानमन्त्री देउवाले भने—‘मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ ।’

गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाको मन्त्रीमण्डलमा देउवा र एक स्वास्थ राज्यमन्त्रीसहित ६ जना रहेका छन् । सोही दिन नै देउवाले कांग्रेसका तर्फबाट २ र माओवादी केन्द्रका तर्फबाट २ जनालाई नियुक्त गरेका थिए । कांग्रेस, माओवादीसहित एकीकृत समाजवादी, जनता समाजवादीको समर्थन वर्तमान सरकारलाई रहेको छ ।

यसअघि समेत प्रधानमन्त्री देउवाले सञ्चारकर्मीहरुलाई छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउने विश्वास व्यक्त गरेका थिए । प्रधानमन्त्री देउवा मात्रै होइन गठबन्धनका शीर्ष नेताहरुले मन्त्रिपरिषद्ले छिट्टै बताइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?