कानुन मन्त्रीले भने : प्रतिपक्षी दलसँग संवाद भइरहेको छ

लोकपथ
78
Shares

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदमा भएको अवरोधलाई सुचारु गर्नका लागि आफूले प्रमुख प्रतिपक्षी दलका नेतासँग संवाद गरिरहेको बताएका छन् ।

सरकारलाई प्रभावकारी रुपले चलाउने कर्तव्य सरकार र प्रतिपक्षी दुवैको भएको भन्दै उनले एमालेबाट संसद् खुलाउने भूमिकाको अपेक्षा गरेको उनले बताए ।

उनले भने, ‘संसदलाई सूचारु गर्नका निम्ति मैले प्रमुख प्रतिपक्षी दलका नेतासँग संवाद गरिराखेको छु । आज संसद् सूचारु रुपले चल्ला भन्ने आशा लिएको थिएँ र म अहिले पनि आशावादी छु । संसद् सूचारु रुपले चल्नुपर्दछ । संसदलाई प्रभावकारी रुपले चलाउने कर्तव्य सरकार पक्ष र विपक्ष दुइटैको कर्तव्य हुनाले त्यो कर्तव्य सरकारको तर्फबाट जिम्मेवारीताका साथ बहन गर्दछ ।

एमालेजस्तो अनुभवी प्रतिपक्षीबाट पनि हामी त्यसै किसिमको भूमिकाको अपेक्षा गरेका छौँ । विगतकै सरकारले ल्याएका धेरै महत्वपूर्ण विधेयक छन् ती विधेयकहरुलाई रोक्ने काम जसरी भइरहेको छ । यो आफैँमा अनौठो छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?