‘प्रतिपक्षी दलसँग वार्ता र संवाद गरी राष्ट्रिय एकता कायम गरिन्छ’

लोकपथ
42
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रतिपक्षी दलसँग वार्ता र संवाद गरी राष्ट्रिय एकता कायम गर्ने सरकारको नीति रहेको बताएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग बोल्दै अर्थमन्त्री शर्माले प्रतिनिधिसभा बैठकमा निरन्तर विरोध गरिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)सँग वार्ता र संवाद गरिरहेको बताए । उनले प्रमुख प्रतिपक्षीलाई पनि वार्ता र संवादमार्फत् मिलाएर राष्ट्रिय एकता कायम गरेर जाने सरकारको नीति रहेको उल्लेख गरे । यसको निम्ति सभामुख र प्रधानमन्त्रीले पहल गरिरहेको उनले बताए ।

उनले भने, ‘प्रतिपक्षसँग पूरै सौहार्दपूर्ण वातावरण बनाउने हो । निरन्तर वार्ता गर्ने हो । सर्वदलीय बैठक भएको यहाँहरुलाई थाहा छ । कानूनमन्त्रीले निरन्तर वार्ता गरेको पनि यहाँहरुलाई थाहा छ । हामी वार्ता, संवादलाई निरन्तरता पनि दिइरहेका छौँ ।

बजेट लामो समयसम्म रोकिराख्यो भने सबै कुरा ठप्प हुने भएको हुनाले यसलाई सँगसँगै लैजानुपर्ने पनि हाम्रो बाध्यता छ । प्रतिपक्षलाई हामी मिलाएर वार्ता, संवादबाट राष्ट्रिय एकता कायम गरेर जाने सरकारको नीति छ । वार्ता गर्ने हो, संवाद गर्ने हो, सर्वदलीय बैठक राख्ने हो, सभामुखले पहल गर्नुभाको छ । नेताहरुले पहल गर्नुभाको छ । प्रधानमन्त्रीले पहल गर्नुभाको छ । कुनैपनि योजना काटेको पनि छैन । रोकेको पनि छैन । पूर्वाग्रही हामी छैनौँ । पूर्वाग्रही छन् कि भनेर उहाँहरुलाई शंका लागेको होला उहाँहरुले सबै योजना देखेपछि होइन रछ भन्नुहुन्छ होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?