‘माल्दिभ्स ट्रिप’ पछि पहाड चढ्दै सारा अली खान

लोकपथ
611
Shares

काठमाडौं । अभिनेत्री सारा अली खान बलिउड फिल्म उद्योगमा एक चर्चित नाम हो। उनी एकपछि अर्को गर्दै धेरै फिल्महरु गरिरहेकी छिन् र लाखौं फ्यानहरुको मन मुटुमा बस्न सफल भएकी छिन् ।

सारा आफ्नो व्यस्त समयमा पनि आफ्नो लागी समय निकाल्न बिर्सदैनन्। उनी प्राय आफ्नो फिल्महरुको छायांकन सकिए पछि साथीहरुसँग यात्रामा जाने गरेकी छिन् । हालै सारा अली खान माल्दिभ्समा आफ्ना साथीहरुसँग छुट्टी मनाइरहेकी थिइन्। यस क्रममा साराले माल्दिभ्सका आफ्ना तस्बिरहरु सेयर गरेकी थिइन् ।

हालसालै साराले आफ्नो इन्स्टाग्राममा क्याम्पिङगको एक भिडियो र तस्बिर पोस्ट गरेकी छिन्। उनले पहाड चढ्दै गरेको र क्याम्प फाइरिङको फोटो भिडियो सेयर छिन् ।

हेर्नुहोस् तस्बिर : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?