३१ आश्विन २०७८, आईतवार

अफगानिस्तानका शिक्षिकाहरु आफ्नो भविश्यबारे चिन्तित

२०७८,आश्विन,४,सोमवार १४:३२


काबुल । अफगानिस्तानका शिक्षिकाहरु आफ्नो भविश्यका बारेमा चिन्तित भएका छन् । शैक्षिक विषयमा अफगानिस्तानको तालिवान सरकारले तय गरेका नीतिहरुका कारण उनीहरु चिन्तित भएका हुन् । भविष्य

शिक्षा मन्त्रालयले छात्र र पुरुष शिक्षकहरुलाई मात्रै विद्यालय आउन सूचना जारी गरेपछि आफुहरु चिन्तित भएको शिक्षिकाहरुले बताएका छन् ।

मन्त्रालयले आइतबारदेखि लागु हुनेगरी कक्षा ७ देखि १२ सम्मका छात्र र पुरुष शिक्षकहरुलाई मात्रै विद्यालय जान सूचना जारी गरेको छ ।

सूचनामा हजारौँ छात्राको पढाई तथा भविश्यका बारेमा केही उल्लेख नगरिएको पनि स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

साथै सूचनामा उनीहरुलाई कुनै निर्देशन समेत नभएको भन्दै शिक्षिकाहरु चिन्तित भएको समाचारमा जनाइएको छ । शिक्षिकाहरुले आफुहरु परिवारमा निर्भर हुनु पर्दा पीडा महसुस भइरहेको समेत बताएका छन् ।

राजधानी काबुलस्थित एक विद्यालयमा पस्तो भाषा विषय अध्यापन गराउने एक शिक्षिकाले आफुलाई विद्यालयले नबोलाएको बताए । विद्यालय फर्किने बारेमा आफुहरुलाई कुनै सूचना छैन, कुनै जानकारी नहुँदा अन्यौल सृजना भएको छ, उनले भने ।

उनले विद्यालयमा गएर अध्यापन गराउन नपाउँदा आर्थिक संकटसँगै मनोवैज्ञानिक समस्या उत्पन्न भएको बताए । उनको जस्तै अरु धेरै शिक्षिकाहरुको समस्या र गुनासो पनि उस्तै रहेको समाचारमा जनाइएको छ ।

संयुक्त राष्ट्रसंघीय निकाय युनिसेफ र युनेस्कोले पछिल्लो दुई दशकमा अफगानिस्तानको शिक्षा क्षेत्रमा धेरै उपलब्धी भएको जनाएका छन् । सन् २००१ देखि यता महिला साक्षरता दरमा पनि ठूलो बृद्धि भएको युनेस्कोको प्रतिवेदनमा उल्लेख गरिएको छ । सुरुमा महिला साक्षरता दर १७ प्रतिशत रहेकोमा अहिले ३० प्रतिशत पुगेको युनेस्कोले जनाएको छ ।

त्यसैगरी विद्यालय जाने छात्राहरुको सङ्ख्यामा पनि उल्लेख्य बृद्धि भएको युनेस्कोका अधिकारीहरुले बताएका छन् । सन् २००१ मा उच्च शिक्षामा सहभागी छात्राहरुको सङ्ख्या पाँच हजार रहेकोमा सन् २०१८ मा ९० हजार पुगेको थियो ।

  • एजेन्सी

प्रकाशित मिति: २०७८,आश्विन,४,सोमवार १४:३२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । रुसमा कोरोना भाइरस महामारीको शुरुवातपछि पहिलो पटक २४ घण्टामा १ हजार भन्दा बढीको मृत्यु भएको छ । हिजो

काठमाडौं । अफगानिस्तानको कान्दाहार शहरमा रहेको एक मस्जिदमा शुक्रबार भएको बम विस्फोटको पाकिस्तानले कडा शब्दमा निन्दा गरेको छ । पाकिस्तानको

काठमाडौं । अफगानिस्तानको कान्दाहार शहरमा रहेको एउटा मस्जिदमा शुक्रबार भएको बम विस्फोटमा परी ज्यान जानेको संख्या ३२ पुगेको छ ।

काठमाडौं । बेलायतको कन्जर्भेटिभ पार्टीका सांसद सर डेभिड एमेसको शुक्रबार हत्या भएको बताइएको छ । छुरा प्रहार गरेर उनको हत्या

ताजा समाचार

सुदूरपश्चिम : दशैँमा ९ जनाको मृत्यु
 २०७८,आश्विन,३१,आईतवार १०:४९
बसको ठक्करबाट मोटरसाइकल चालककको मृत्यु
 २०७८,आश्विन,३०,शनिवार १५:३८
लागूऔषधको बढ्दो प्रयोगले अपराध बढ्दै
 २०७८,आश्विन,३०,शनिवार १५:३४
काठमाडौंमा चहलपहल बढ्यो
 २०७८,आश्विन,३०,शनिवार १५:३०