काठमाडौं । नेकपा एमालेले पार्टीमा सदस्यता लिनको संख्या ह्वात्तै बढेको बताएको छ ।
विधान महाधिवेशनमा पेस गर्न तयार संगठनात्मक प्रतिवेदन मस्यौदामा पार्टी सदस्यता लिने संख्या ६ लाख हाराहारी पुगेको उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘पार्टी सदस्यता लिने संख्या दोब्बरभन्दा धेरैले बढेको उल्लेख छ ।’
गत ५ पुसमा प्रतिनिधिसभा विघटन गर्ने अध्यक्ष केपी शर्मा ओलीको निर्णयपछि एमालेमा युवाको आकर्षण बढेको महासचिव ईश्वर पोखरेलले पेश गरेको प्रतिवेदनमा छ ।
प्रतिवेदनअनुसार २०७१ सालको नवौं राष्ट्रिय महाधिवेशनसम्म एमालेको पार्टी सदस्यता संख्या २ लाख ५६ हजार ७७२ थियो । तर अहिले बढेर ६ लाख हाराहारी पुगेको प्रतिवेदनमा उल्लेख छ ।
मस्यौदा प्रतिवेदनले माओवादीसँग एकता गरेपछि अलमलमा परेको संगठन विस्तार विभाजन पनि तीव्र बनेको समेत उल्लेख छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया