‘अध्यादेश खारेज भएपछि मात्र मन्त्रिपरिषद् विस्तार हुन्छ’

लोकपथ
126
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।

प्रतिनिधि सभा बैठकपछि सोमवार संसद परिसरमा पत्रकारहरूसँग कुरा गर्दै यादवले दल विभाजनका लागि ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश गलत भएको टिप्पणी गरे ।

सत्ता गठबन्धनका नेता यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश गलत भएको बताए । अध्यादेश खारेज गर्नुपर्ने यादवको दबाब तथा खारेज नगर्न माधव नेपालको दबाबका कारण प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?