स्याङ्जा । स्याङ्जामा जुवा तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् ।
पुतलीबजार नगरपालिका–१३ तोरीखोलास्थित तुल बहादुर थापाको घरमा तास खेलिरहेको अवस्थामा तुल बहादुर लगायत ७ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६६ हजार ५ सय ६५ रूपैयाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया