काठमाडौं । नेपालमा हात्ती बचाउन तत्काल रणनीति र कार्यक्रम नबनाउने हो भने छिट्टै लोप हुनसक्ने विज्ञहरुले बताएका छन् । बासस्थान घट्दै जानु र आहारको कमीले हात्तीको संख्या घट्ने बताइएको छ । साथै मान्छे र हात्तीबीच द्वन्द्व बढ्न सक्ने अनुमान पनि विज्ञहरुले गरेका छन् ।
नेपालको तराई क्षेत्रमा रहेका सबै निकुञ्ज आरक्षमा हात्तीको बासस्थान र आवतजावत हुने गरेको पाइन्छ । एउटा हात्तीलाई कम्तिमा २५० वर्गकिमिको क्षेत्र आवश्यक पर्ने हुन्छ । त्यो क्षेत्र घट्दै जाँदा र सानो क्षेत्रफलमा धेरै हात्ती बस्ने बाध्यताले नजिकै रहेको मानव बस्तीमा हात्ती पस्न थालेको विज्ञहरुले बताएका छन् ।
विज्ञहरुले भने, ‘हात्तीले खानाको लागि, प्रजानन समागमका लागि र पुर्खा हिँड्ने बाटो भए त्यसलाई पहिल्याउँदै हिड्ने गर्दछ । यसरी हिँड्ने क्रममा बाटोमा भएको मानव बस्ती, खेत खलियान बिगार्दै हिँडेको पाइन्छ ।’
पूर्वको कोही टप्पु आरक्षमा अर्नासँगै १९ वटा जंगली हात्ती रहेको तथ्यांक छ । कुल १७५ वर्ग किलोमिटर क्षेत्रफल रहेको कोही टप्पुमा १९ वटा हात्ती हुनु भनेको मानव–वन्यजन्तुको द्वन्द्वको मुल कारण हो । यस्तो द्वन्द्वमा मानवीय क्षति मात्र होइन, वन्यजन्तु पनि दुर्घटनामा पर्ने, मारिने– मर्ने जोखिम हुन्छ ।
मानव–हात्ती द्वन्द्व कम गराइ आरक्ष क्षेत्रको दिगो विकास गर्न सरकारले तुरुन्त रणनैतिक योजना बनाएर काम गर्न आवश्यक रहेको विज्ञहरुको भनाइ छ । कोशी टप्पु वन्यजन्तु आरक्षका प्रमुख अशोक वार्डेन रामले कोशी टप्पुको संरक्षण, विस्तार र विकासको लागि स्थानीय सरकार र प्रदेश सरकारले पनि भूमिका खेल्नुपर्ने बताए ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा. कृष्णप्रसाद ओलीले नेपालमा रहेका संरक्षण क्षेत्रको संख्या र स्थानबारे अध्ययन हुन आवश्यक रहेको बताए। संरक्षित क्षेत्रलाई मानवबस्ती र खेतीगर्ने जमिन घेर्दै जाने र अनावश्यक घुसपैठले मानव–वन्यजन्तु द्वन्द्व बढाइरहेको डा. ओलीले बताए । संरक्षित क्षेत्रको क्षमता तथा विस्तार र वन्यजन्तु स्थानान्तरणबारे विद्यमान कानुनी व्यवस्थालाई संसोधन गरेर अगाडि बढ्नुपर्ने आवश्यक्ता रहेको डा. ओलीले बताए ।
कोशीटप्पु वन्यजन्तु आरक्ष खासगरी जंगली भैँसी, अर्नाको संरक्षको लागि स्थापना गरिएको थियो । २०३२ सालमा अर्ना संरक्षणको लागि स्थापना भए पनि अहिले लोपोन्मुख चराहरु, हात्तीको संरक्षणमा काम भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया