नयाँ नोट सटहीको पहिलो दिन राष्ट्र बैंकमा जे देखियो (फोटोफिचर)

लोकपथ
5.9k
Shares

काठमाडौं । सोमबार (आज) देखि दशैँका लागि नयाँ नोट सटही सुरु भएको छ ।

नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराएको हो ।

प्रतिव्यक्ति १८ हजार ५०० सयका दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराएको राष्ट्र बैंकले जनाएको छ । कोरोना महामारीको जोखिमलाई ध्यानमा राख्दै राष्ट्र बैंकले नयाँ नोट सटहीका लागि आउनेहरुका लागि सामाजिक दूरी कायम गर्न आग्रह गरेको छ ।

दशैँ तिहारका लागि राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट सटहीको सुविधा उपलब्ध गराउँदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?