सेयर बजार अपडेट : ६५.४३ अंकले घट्यो नेप्से

लोकपथ
65
Shares

काठमाडौं । कारोबार खुलेको एक घण्टाको अवधिमा सेयर बजार ६५.४३ अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का बजार खुलेको एक घण्टामा नेप्से परिसूचक ६५.४३ अंकले घटेर २७४६.८३ बिन्दुमा पुगेको छ ।

यो अवधिमा २ अर्ब ३२ करोड ८ भन्दा बढी कारोबार भएको छ । कुल १३ उपसमूहमा १३ वटै उपसमूहको सेयरमूल्य घटिरहेको छ ।

यो समाचार तयार पार्दासम्म हाइड्रोपावर, फाइनान्स र डेभलपमेन्ट बैंक समूहको सेयरमूल्यमा सबैभन्दा बढी गिरावट आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?