काठमाडौं । प्रतिनिधिसभाको सोमबार (आज)को बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नाराबाजी सुरु गरेको छ ।
आजको बैठक सुरु हुनेबित्तिकै सभामुखले विनियोजन विधेयकमाथि छलफल प्रारम्भ गर्ने जानकारी गराएसँगै सांसदहरु नाराबाजी सुरु गरेका हुन् ।
गत भदौ २३ गतेबाट सुरु भएको प्रतिनिधिसभाको नवौँ अधिवेशनका बैठकमा अवरोध गर्दै आइरहेको छ ।
प्रमुख प्रतिपक्षी दल एमालेले संवैधानिक सवोृच्चता कायम गर, विभेदकारी व्यवहार बन्द गरलगायत नाराहरु लगाइरहेका छन् । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध नाराबाजी गरिरहेका उनीहरुले एमालेले कारबाही गरेका सांसदहरुको नाम टाँस नगरेको भन्दै आपत्ति जनाउँदै आएका छन् ।
आजको बैठकमा सांसदहरुले आफ्नो ढंगबाट नाराबाजी गरे पनि सभामुख सापकोटाले कार्यसूचीअनुसार बैठक चलाउने तयारीमा देखिएका छन् । बैठकमा विनियोजन विधेयकमाथि नेपाल किसान मजदुर पार्टीका सांसद प्रेम सुवालले आफ्नो धारणा व्यक्त गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया