सोमबार सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो ?

लोकपथ
650
Shares

काठमाडौं । आज (सोमबार) नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ सय र चाँदी १५ रुपैयाँले घटेको हो ।

आज छापवाला सुन प्रतितोला २ सय रुपैयाँले घटेर ८८ हजार ९ सय रुपैयाँ कायम भएको छ । बिहीबार प्रतितोला छापावाला सुनको मूल्य ८९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज तेजावी सुन ८८ हजार ४५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर एक हजार १३५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदी १ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?