काठमाडौं । पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा धनुषामा दुई जनाको शव फेला परेको छ ।
सोमबार धनुषाको धनुषाधाम नगरपालिका वडा २ स्थित धर्मपुरमा एक महिला र एक बालकको शव फेला परेको धनुषाका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
घर छेउमै रहेको पोखरीमा करिब २८ वर्षीया अर्चना सिंह र उनका अन्दाजी ४ वर्षीय छोरा कुश कुमार सिंहको शव फेला परेको उनले बताए । स्थानीयहरुले पोखरीमा शव देखेपछि धनुषा प्रहरीलाई जानकारी गराएको थियो । इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटेको प्रहरी टोलीले पोखरीबाट आमा र छोराको शव निकालेर थप अनुसन्धान अगाडी बढाएको जनाएको छ ।
प्रहरीले आत्महत्या वा हत्या हो भन्ने कुरा अनुसन्धानबाट मात्र खुल्ने प्रहरी उपरीक्षक बस्नेतले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया