नेपाली र भारतीय सेनाको संयुक्त सैन्य टोलीले आतंकवाद रोधी अभियान सञ्चालन गर्ने

लोकपथ
98
Shares

काठमाडौं । नेपाली सेना र भारतीय सेनाको संयुक्त सैन्य प्रशिक्षण सूर्य किरणको १५औं संस्करण २० सेप्टेम्बरदेखि पिथौरागढमा सुरू हुने भएको छ।

यस अभ्यासमा भारतीय सेनाको एक इन्फेन्ट्री बटालियन र नेपाली सेनाको समकक्ष बलले आतङ्कवाद रोधी अभियानहरूको सञ्चालनको क्रममा प्राप्त अनुभवहरू आदानप्रदान गर्नेछ।

अभ्यासको हिस्साको रूपमा दुवै सेना एक अर्काको हतियारहरू, उपकरणहरू, रणनीतिहरू र पहाडी क्षेत्रहरूमा आतंकवाद रोधी प्रक्रियाहरूबारे परिचित हुनेछन्। यसबाहेक मानवीय सहायता र आपदा राहत, अधिक उचाइमा लड़िने युद्ध, जंगल युद्ध आदिजस्ता विभिन्न विषयहरूमा संयुक्त प्रशिक्षण हुनेछ।

संयुक्त सैन्य प्रशिक्षण दुवै सेनाको प्रदर्शन र ४८ घण्टाको कठिन अभ्याससँगै समाप्त हुनेछ। पहाडी क्षेत्रहरूमा उग्रवादको सामना गर्न यो अभ्यास दुवै देशको पहलको एक हिस्सा हो। संयुक्त सैन्य प्रशिक्षणले द्विपक्षीय सम्बन्धहरूलाई राम्रो बनाउन समेत मदत गर्ने भने दुवै देशबीच रहेको पारम्परिक मित्रतालाई अझ बलियो बनाउने दिशामा यो एक ठूलो कदम हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?