आजबाट दशैँका लागि नयाँ नोट साट्न सकिने

लोकपथ
104
Shares

काठमाडौं । नेपालीहरूको महान चाड दशैँ नजिकिएसँगै आज (सोमबार) देखि नयाँ नोट सटही गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले दशैँ तिहारका लागि आज असोज ४ गतेबाट नयाँ नोट सटही खुला गरेको हो।

राष्ट्र बैंकले आफ्नो केन्द्रीय कार्यालयसँगै प्रादेशिक र अन्य कार्यमार्फत नयाँ नोटको वितरण सुरु गरेको हो । राष्ट्र बैंकका केन्द्रीय, प्रादेशिक र अन्य कार्यालयसँगै इजाजत पत्र बैंक तथा वित्तीय संस्थाले तोकेको शाखामार्फत समेत नयाँ नोट साट्न सकिन्छ ।

एक व्यक्तिले बढीमा १८ हजार ५०० रुपैयाँसम्म नयाँ सटही गर्न पाउनेछन्। जसअनुसार रु. ५, रु. १०, रु.२०, रु. ५० र रु. १०० दरका एक/एक बन्डलका दरले १८ हजार ५०० सम्म साट्न पाउने सुविधा दिइएको छ।

राष्ट्र बैंकले दशैँलाई लक्षित गर्दै ३५ अर्ब रुपैयाँबराबरका नयाँ नोट बजारमा पठाइसकेको छ । सबै बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकबाट नयाँ नोट लगिसकेका छन् । राष्ट्र बैंकले हरेक वर्षका दशैँ तिहारमा ५० अर्ब रुपैयाँको हाराहारीमा नयाँ नोट बजारमा पठाउँदै आएको छ । जसमध्ये सर्वसाधारणहरूका लागि मात्रै १५ अर्बको हाराहाराहरीमा नयाँ नोट सटही हुनेगरेका छन् ।

नयाँ नोट सटही गर्न जाँदा नेपाल सरकार तथा स्थानीय प्रशासनले तोकेका स्वास्थ्यसम्बन्धी मापदण्ड तथा सामाजिक दूरीको पूर्ण पालना गर्न पनि राष्ट्र बैंकले आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?