कोहलीले बैंगलोरको कप्तानी छाड्ने

काठमाडौं। भारतीय टोलीका कप्तान तथा स्टार ब्याट्सम्यान विराट कोहलीले इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंगलोरको कप्तानी छाड्ने भएका छन्।

यसै साता भारतीय टी-ट्वान्टी टोलीको कप्तानी छाड्ने निर्णय गरेका कोहलीले १४औं संस्करणको आईपीएल पछि बैंगलोरको पनि कप्तानी छाड्ने निर्णय गरेका हुन्। उनले आईतवार बैंगलोरको औपचारिक सामाजिक सञ्जालको माध्यमबाट आफूले कप्तानी छोड्ने जानकारी दिएका हुन्।

Leaving RCB captaincy could liberate Virat Kohli, see him scale untouched  peaks | Sports News,The Indian Express

 

उनले आफ्नो वर्कलोडको कारण देखाउँदै कप्तानी छोड्ने जानकारी दिएका हुन्। यद्यपि उनले बैंगलोरबाटै आईपीएल खेलिरहने पनि बताएका छन्।

सन् २०१३ देखि पूर्ण रूपमा बैंगलोरको कप्तानको जिम्मेवारी लिएका कोहलीले सन् २००८ देखि नै बैंगलोरबाट आईपीएल खेल्दै आएका छन्। बैंगलोरले आज कोलकातासँग प्रतिस्पर्धा गर्दैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?