भ्यालेन्सियाविरुद्ध रियलको शानदार पुनरागमन जित

काठमाडौं। स्पेनिश ला-लिगाअन्तर्गत आईतवार राति खेलिएको खेलमा रियल मड्रिडले भ्यालेन्सियामाथि २-१ गोलको पुनरागमन जित निकालेको छ।

भ्यालेन्सियाको घरेलु मैदानमा खेलिएको खेलको पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए। दोस्रो हाफको ६६औं मिनेटमा घरेलु टोलीले अग्रता लिएको थियो।

Valencia 1-2 Real Madrid - Goals and highlights - LaLiga 21/22 | Marca

भ्यालेन्सियाका लागि हुगो डुरोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाउन सफल भएका थिए। तर खेल सक्किन मात्र ५ मिनेट बाँकि रहँदा रियलले खेलमा पुनरागमन सुरु गरेको थियो।

खेलको ८६औं मिनेटमा रियलका फरवार्ड भिनिसियस जूनियरले बराबरी गोल गरेका थिए। त्यसको २ मिनेट पश्चात् रियलले खेलमा अग्रता लिन सफल पनि भएको थियो।

Valencia 1 - 2 Real Madrid summary: score, goals, highlights, LaLiga 2021/22 - AS.com

रियलका लागि कप्तान स्ट्राइकर करिम बेन्जेमाले खेलको ८८औं मिनेटमा विजयी गोल गर्दै पाहुना टोलीलाई अंक तालिकाको शीर्ष स्थानमा पुर्याउन सफल भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?