तराई मधेश सडक पूर्वाधार कार्यक्रमअन्तर्गत सात किमी नयाँ ट्रयाक सडक निर्माण

लोकपथ
147
Shares

बागमती । तराई मधेश सडक पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत कुल सात किलोमिटर नयाँ ट्रयाक सडक निर्माण गरिएको छ ।

सडक डिभिजन कार्यालय हेटौँडाले गत आर्थिक बर्ष ०७७/०७८ मकवानपुर, बारा र पर्सा जिल्लामा सडक बनाएको हो ।

उक्त आवमा उक्त जिल्लामा संघीय सरकारको लगानीमा ३२.३६ किमी कालोपत्रे, १९.१ किमी ग्राभेल, ३७.३५ किमी बाटो सडक मर्मत र सात किमी बाटो सडक ट्रयाक चौडा भएका छन् ।

यसैबीच कार्यालयका अनुसार दशैँलाई लक्षित गरी ती तीन जिल्लाका विभिन्न स्थानमा राजमार्गको मर्मतसम्भारको अघि बढाइएको छ । बाराको धनसारदेखि पतलैयासम्म, मकवानपुरको हेटौँडा हुँदै लोथरसम्म र हेटौँडाको भैँसे हुँदै मकवानपुरको दामचौरका विभिन्न क्षेत्रमा सडकको खाल्डाखुल्डी मर्मतसम्भारको अघि बढाइएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?