युभेन्टसको खराब लय कायमै, मिलानसँग पनि जितबाट वञ्चित

काठमाडौं। इटालियन सिरी-एअन्तर्गत आईतवार राति खेलिएको खेलमा दुई बलिया टोली युभेन्टस र एसी मिलानले १-१ गोलको बराबरी खेलेका छन्।

युभेन्टसको घरेलु मैदान आलियान्ज एरेनामा भएको खेलको सुरुवाती ५ मिनेट भित्रै घरेलु टोलीले अग्रता लिएको थियो। युभेन्टसका लागि स्ट्राइकर अल्भारो मोराटाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।

Milan fans mock Juventus after 1-1 draw - Football Italia

तर दोस्रो हाफको ७६औं मिनेटमा एसी मिलानले बराबरी गोल फर्कायो। मिलानका लागि स्ट्राइकर आन्टे रेबीचले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए।

यस बराबरीसँगै यस सिजन युभेन्टसको खराब लय जारी नै रहेको छ। युभेन्टस ४ खेलमा २ अंकसहित १८औं स्थानमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?