आजको मौसम पूर्वानुमान

लोकपथ
390
Shares

काठमाडौं । आज देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन÷ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राति देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र सुदुर पश्चिम प्रदेशका एक/दुई स्थानमा भारि वर्षाको पनि सम्भावना रहेको छ ।

हाल भारतको पूर्वी राजस्थान तथा पश्चिम मध्य प्रदेशको आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?