पीएसजीको जितमा पनि मेस्सी असन्तुष्ट

काठमाडौं। फ्रेन्च लिग-१ अन्तर्गत आईतवार राति भएको खेलमा बलियो टोली पीएसजीले लियोनलाई २-१ गोलले पराजित गरेको छ।

पीएसजीको घरेलु मैदान पार्क डे प्रिन्सेसमा भएको खेलमा दुवै टोलीले गोलरहित बराबरीको पहिलो हाफ खेलेका थिए। दोस्रो हाफको ५४औं मिनेटमा लियोनका मिडफिल्डर लुकास पाक्वेटाले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए।

Messi looks angry at being replaced; Icardi gets late winner | | Kentucky  New Era

तर खेलको ६६औं मिनेटमा पीएसजी खेलमा फर्कियो। पीएसजीका लागि नेयमारले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई बराबरीको अवस्थामा पुर्याएका थिए।

खेलको ७६औं मिनेटमा पीएसजीका प्रशिक्षक माउरिसियो पोचेटिनोले लियोनल मेस्सीलाई मैदानबाट प्रतिस्थापन गरे। जसको कारण मेस्सी केही रुष्ट देखिएका थिए। उनले पोचेटिनोसँग हात मिलाउन पनि मानेनन्।

Messi looks angry after being replaced in home debut - RTHK

यद्यपि पीएसजीले खेलको इन्जुरी समयमा विजयी गोल गर्न सफल भयो। पीएसजीका स्टार खेलाडी एमबाप्पेको पासमा स्ट्राइकर माउरो इकार्डीले गोल गर्दै घरेलु टोलीलाई जित दिलाउन सफल भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?