टोटनह्यामलाई पराजित गर्दै चेल्सी शीर्ष स्थानमा

काठमाडौं। इंग्लिश प्रिमियर लिगअन्तर्गत आईतवार राति खेलिएको खेलमा चेल्सीले टोटनह्याम हटस्परलाई ३-० गोलले पराजित गरेको छ।

टोटनह्यामको घरेलु मैदानमा खेलिएको लन्डन डर्बीमा चेल्सीले दोस्रो हाफमा तीन गोल गर्न सफल भएको थियो। चेल्सीका लागि खेलको ४९औं मिनेटमा रक्षक थियागो सिल्भाले हेडर गोल गर्दै अग्रता दिलाएका थिए।

Tottenham Hotspur 0-3 Chelsea, Premier League: Post-match reaction, ratings  - We Ain't Got No History

खेलको ५७औं मिनेटमा चेल्सीले अग्रता दोब्बर बनायो। पाहुना टोलीका लागि यस पटक मिडफिल्डर एनगोलो कान्टेले गोल गरेका थिए।

त्यसपछि चेल्सीले दोस्रो हाफको इन्जुरी समयमा आफ्नो अग्रता तेब्बर बनाउन सफल भयो। चेल्सीका लागि अर्का रक्षक एन्टनियो रुडिगरले खेलमा तेस्रो गोल गर्दा चेल्सी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?