कालीगण्डकीमा हाम फालेर पुरुष बेपत्ता

लोकपथ
260
Shares

रामपुर । कालीगण्डकीको पुट्टारघाट पुलबाट हाम फालेर एक व्यक्ति बेपत्ता भएका छन् ।

तनहुँ घिरिङ गाउँपालिका – १ पुट्टार निवासी अन्दाजी ४८ वर्षीय विष्णुभक्त सिग्देल आज दिउँसो करिब ३ बजेको समयमा पुलबाट हाम फालेर बेपत्ता भएका हुन् ।

पाल्पा रामपुर बेझाड बजारमा होटल व्यवसाय गर्दै आएका सिग्देल आइतबारमात्रै पुट्टारस्थित घरमा गएको पारिवारिक स्रोतले जनाएको छ । पुट्टारघाटको झोलुङ्गे पुलपारि (तनहुँतिरको भागमा) आफूले प्रयोग गरेको मोटरसाइकल, चाबी, बिलबुक, पर्ससमेत फेला परेको प्रहरी चौकी पुट्टारका प्रमुख पदमबहादुर कुमालले जानकारी दिएका छन् । नदीमा बेपत्ता भएका सिग्देलको खोजी जारी रहेको स्थानीयवासी नारायण सिग्देलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?