दिनदहाडै गोली हानी निर्माण व्यवसायीको हत्या

काठमाडौ, २३ असोज। नयाँबानेश्वरको शान्तिनगर क्षेत्र नजिक आज गोली चलेको छ । गोलि प्रहारबाट निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनको मृत्यु भएको छ । गोलि प्रहारबाट घाइते भएका गौचनलाई अस्पताल लैजादैगर्दा बाटोमै उनको निधन भएको हो ।गौचनलाई राजधानीको सिभिल अस्पतालभन्दा अघि नै मृत्यु भइसकेको अस्पताल प्रशासनको भनाई छ । गौचन डाँफे कन्सट्रक्सनका प्रबन्ध निर्देशक समेत रहेका थिए । उनीमाथी गोली प्रहार हुनुको मुख्य कारण ठेक्कापट्ट र लेनदेन हुनसक्ने प्रहरीको प्रारस्भिक अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?